उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारीउपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको मनोनयन दर्ता भएको छ। सत्ता गठबन्धनबाट रामसहाय यादव, ममता झा र प्रमिला यादवले उम्मेदवारी दर्ता गरेका छन् भने एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्। तस्बिर: नवीनबाबु गुरूङ
पुष्पलालको शालिक अगाडि फोटो खिचाउँदैकीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल। उनलाई प्रतिष्ठानका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुसाल, काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए। तस्बिर: पौडेल सचिवालय
हिमपातपछिको मनाङमनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ । तस्बिर : नवीन लामिछाने/रासस
कृषकको दैनिकीसुनसरीको इनरुवामा पशु चौपायाका लागि विद्धुतीय साइकलमा घाँस लिएर घरतर्फ जाँदै स्थानीय किसान। तस्बिर:नवीन गड्तौला/रासस
जमुनाह सीमा नाकानेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा आवतजावत गर्दै सर्वसाधारण। तस्बिरः भेषराज बस्नेत/रासस