लघुवित्त तथा मिटरब्याज पीडितको काठमाडौंमा प्रदर्शनलघुवित्त संस्था र मिटर ब्याजीबाट पीडितले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। नेपालभरबाट आएका पीडितले सामूहिक रूपमा प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
नेपाली कागजताप्लेजुङको फुङ्लिङ नगरपालिका-६, फूलपाते डाँडास्थित छिरिङ नेपाली हाते कागज उद्योगमा सुकाइएको नेपाली कागज। तस्बिरः दिलकुमार लिम्बू/रासस
शुक्लाफाँटामा मयूर नाच्दैकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटामा ४५९ प्रजातिका चराचुरूंगीको बासस्थान हो। तस्बिरः शेरबहादुर सिंह/रासस
कन्काई नदी तर्न बाँसको पुलमा भरहुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्दशी जोडिने कन्काई नदीमा पुल निर्माणमा ढिलाइ हुँदा अस्थायी रूपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ गर्दै सर्वसाधारण। तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस
तिलोत्तमा सरसफाइका लागि मानव साङ्लोनगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियानमा ऐक्यबद्धता जनाउँदै रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ। तस्बिर: भगवती पाण्डे