स्माइल!शुक्रबार नयाँ बानेश्वरको संसद भवन बाहिर उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवसँग फोटो खिचाउँदै सांसद। तस्बिर: नवीनबाबु गुरूङ
किरियापुत्रीले गरे मतदानउपराष्ट्रपति पदका लागि शुक्रबार भएको निर्वाचनमा किरियापुत्री सांसदले मतदान गरेका छन्। गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले नयाँ बानेश्वरस्थित संसद भवनबाट मतदान गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बधाई छ है!उपराष्ट्रपतिमा निर्वाचित भएपछि रामसहायप्रसाद यादवलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर: निशा भण्डारी/सेतोपाटी
फोटो सेसनराष्ट्रपति रामचन्द्र पौडेलसँग फोटो खिचाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली। आइसिसी लिग टुमा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शितलनिवासमा बोलाएर राष्ट्रपति पौडेलले बधाई दिएका हुन्। तस्बिर: राष्ट्रपति कार्यालय
एकसाथ उपराष्ट्रपतिका उम्मेदवारएकसाथ फोटो खिचाउँदै उपराष्ट्रपतिका उम्मेदवार एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका तर्फबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी