महानगर प्रहरी र मिटरब्याज पीडितबीच धकेलाधकेलमिटरब्याजीविरूद्ध मार्च गरेर बर्दिबासबाट काठमाडौं आएका पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च छिर्न रोक लगाइएको छ। सोमबार साँझ खुलामञ्च छिर्न खोज्दा पीडितहरूलाई महानगर प्रहरीसँग धकेलाधकेल गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
बर्दिबासदेखि काठमाडौंसम्म मार्चपासबर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म मिटरब्याजविरूद्ध पीडितहरूले मार्च गरेका छन्। ११ दिन हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
लहाँ गाउँका घरको छानो परिवर्तनपहाडको फेदीमा रहेको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–५ लहाँ गाउँका घरका छानो परिवर्तन हुँदै। सडक सञ्जालको पहुँच बढेसँगै माटाका छाना विस्थापित गर्दै कर्कट पाताले घरहरू छाउन सुरू भएको छ। तस्बिर:हेमन्त केसी/रासस
चैती छठमहाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा अवस्थित बरूण सराेवरमा सोमबार चैती छठ मनाउँदै व्रतालुहरू। तस्बिर:सञ्जीतकुमार मण्डल / जलेश्वर
डोल्पाको बगर क्षेत्रडोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र। सडक सञ्जाल जोडिएसँगै जिल्लाको दोस्रो ठूलो बजारको रूपमा विकास हुँदै गएको छ। तस्बिरः हेमन्त केसी/रासस