बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारीबालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। आज अपराह्न बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धन दलका शीर्ष नेता सहभागी छन्। तस्बिर: प्रधानमन्त्रीको सचिवालय
काठमाडौंमा पुरानो पैसा प्रदर्शनीकाठमाडौंमा पुरानो पैसालाई प्रदर्शनीमा राखिएको छ। नेपाल मुद्रा संकलक संघ २० वर्ष पुगेको अवसरमा पहिलो पटक पुरानो पैसा प्रदर्शनीमा राखिएको हो। तस्बिर: नवीनबाबु गुरूङ
हिउँ खेल्न कोर्चाडाँडा पुगेका पर्यटककास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ स्थित कोर्चाडाँडामा हिउँ खेल्न पुगेका पर्यटक। तस्बिरः धनबहादुर गुरूङ/रासस
नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुलविश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल। उक्त पुल हिलारी पुलको नामले परिचित छ। यो पुल खुम्बु पासाङल्हामू पदमार्गअन्तर्गत पर्छ भने सँगै रहेको अर्को पुल प्रयोगविहीन अवस्थामा छ। तस्बिरः प्रणय पराजुली/रासस
अन्नपूर्ण हिमश्रृंखलापोखरा महानगरपालिका-३ नदीपुरबाट मंगलबार बिहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृंखला। तस्बिर: कृष्ण दवाडी/रासस