काठमाडौंमा भ्रष्टाचारविरूद्ध राप्रपाको प्रदर्शनराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंको बसन्तपुरमा राप्रपाले प्रदर्शन गरेको हो। तस्बिर: निशा भण्डारी
संसदमा प्रधानमन्त्रीसांसदको प्रश्नको जवाफ दिन रोष्टममा जाँदै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर: नवीनबाबु गुरूङ
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाही माग गर्दै एकीकृत समाजवादीको प्रदर्शननेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न नेकपा एकीकृत समाजवादीले माग गरेको छ। बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्दै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
डोको बुन्दैम्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा। जङ्गलमा पाइने निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ। तस्बिर: कमल खत्री/रासस
जात्री मेलामा धिमाल युवतीहरूजात्री पर्वका अवसरमा बिहीबार दमक ४ स्थित अडियामलमा आयोजना गरिएको जात्री सांस्कृतिक मेलामा मौलिक वेशभूषामा सजिएर आएका धिमाल युवतीहर । तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस