हरिबहादुरको स्वागतदुवै खुट्टा गुमाएका विश्व कीर्तिमानी हरि बुढामगरलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। त्रिभुवन विमानस्थलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, थबाङी समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, नेपाल मगर एसोसिएनलगायतले भव्य स्वागत गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
आजदेखि 'सम्पदा घुम्ती बस सेवा' सञ्चालनआजदेखि 'सम्पदा घुम्ती बस सेवा' को परीक्षण सञ्चालन सुरू भएको छ। उक्त बस सेवा सञ्चालनको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले रिबन काटेर उद्घाटन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
झोलुङ्गे पुलमा मोटरसाइकलले सास्तीपर्वतको सदरमुकाम कुस्मा बजारदेखि बागलुङ नगरपालिका–१४ कैया जोड्ने ३४७ मिटर लामो झोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदा पुलबाट आवतजावत गर्ने सर्वसाधारणलाई भएको सास्ती। तस्बिरः खेमराज गौतम/रासस
निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रभरतपुर महानगरपालिका-१० मा चितवन उद्योग संघले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र। उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्मित प्रदर्शनीस्थल हाल बजेट अभावका कारण काम पूरा हुन सकेको छैन। तस्बिर: सनद अधिकारी / रासस