काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ ।
काठमाडौं महानगरपालिकाको आईतबार आयोजित नगरसभामा उपप्रमुख हरिप्रभा खड्गीले आगामी आर्थिक वर्षका लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट पेश गरिन्।
महानगरलाई स्वच्छ, सुरक्षित र जीवन्त बनाउने लक्ष्यसहित पेश गरिएको बजेटमा आन्तरिक आयतर्फ ४ अर्व ९० करोड २१ लाख ७५ हजार, बाह्य स्रोततर्फ ५ अर्व १९ करोड र अन्य १ अर्व ४ करोड राजस्व प्राप्त हुने अनुमान गरिएको छ।
उपप्रमुख खडगीले बजेटको सबैभन्दा ठूलो हिस्सा ३ अर्व ६ करोड २५ लाख बजेट वडास्तरको पूर्वाधार विकासका लागि विनियोजन गरिएको स्पष्ट पारिन्।
महानगरपालिकाले शिक्षामा १ अर्व ९० करोड ४६ लाख, हनुमानढोका-स्वयम्भु जोड्ने पदमार्ग निर्माणका लागि ५१ करोड, महानगरपालिकाका भवन निर्माण तथा गाडी खरिदका लागि २ अर्व ३६ करोड १ लाख बजेटको व्यवस्था गरिएको छ।
बजेटमा सूचना प्रविधिको विकासका लागि २१ करोड ५८ लाख बजेट विनियोजना गरिएको छ। उपप्रमुख खड्गीले सहरको सुरक्षाका लागि सिसी क्यामेरा जडानमा पनि सो बजेट खर्च हुने स्पष्ट पारिन्।