प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण लगातार दोस्रो पटक स्थगित भएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी स्थगित भएको छ। मंगलबार बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि आगामी शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो।
सभामुख कृष्णबहादुर महराले मंगलबार पहिलो पटक १५ मिनेटका लागि स्थगित गरेको भएको बैठक काँग्रेस सांसदले अवरोध गरेपछि दोस्रो पटक फेरि १५ मिनेटका लागि स्थगित गरिएको थियो।
दोस्रो बैठक शुरु हुनासाथ सभामुख महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पेश गर्न अनुमति दिएका थिए। तर, काँग्रेस सांसदहरुले शिक्षामन्त्री पोखरेललाई घेराबन्दीमा पारेर पुनः रोष्टर्म घेराउ गरी नाराबाजी गरेका थिए ।
जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकार मातहत राख्ने निर्णय तत्काल गर्न दवाव दिँदै प्रमुख प्रतिपक्ष दल काँग्रेसले मंगलबार दोस्रो पटक पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो।
यी पनि :
कांग्रेसको प्रश्न: सांसदलाई रोक्ने आदेश सभामुखको हो कि गृहमन्त्रीको?
संसदमा नेकपा र कांग्रेस सांसदबीच धकेलाधकेल