कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन्।
सोमबार बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन गर्ने कार्यक्रम थियो।
चैत १६ गते हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएशन (एनएलए) र नेपाली कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)का छुट्टाछुट्टै प्यानलले उम्मेदवारी दिएका छन्।
एनएलएबाट चण्डेश्वर श्रेष्ठ र डिएलएबाट सुनिल पोखरेल अध्यक्षका उम्मेदवार छन्।
त्यस्तै अधिवक्ता रामप्रसाद प्रजापति, पुण्यप्रसाद खतिवडा, तोयानाथ ढुंगाना, विराटकुमार न्यौपाने, कृष्णप्रसाद शर्मा, गजेन्द्रबहादुर थापा र लोकेन्द्रबहादुर ध्वजले पनि अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।
महासचिवमा भने एनएलएबाट सुरेन्द्र मबहादुर थापा र डिएलएबाट लीलामणि पौडेको उम्मेदवारी परेको छ।
महिला उपाध्यक्षको पदमा रक्षा बस्नेत एनएलएबाट उम्मेदवारी दिएकी छन् भने बबिता थापाले डिएलएबाट दिएकी छन्।
नेपाल बारमा अध्यक्ष, सबैप्रदेशबाट एक एक र महिला एकजना गरि ८ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र १४ जना सदस्य हुन्छन्।