नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षको भेला कास्कीको पोखरामा हुने भएको छ।
जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेस्रो सम्मेलन चैत अन्तिम साता पोखरामा गर्न लागेको कांग्रेसले जनाएको छ।
राष्ट्रिय कार्यसमितिका सभापति गोविन्द पुडासैनीका अनुसार पार्टीको आर्थिक स्रोतलाई सुदृढ गर्न, पारदर्शी, जवाफदेही बनाउन सम्मेलनमा छलफल हुनेछ।
सम्मेलनको उद्घाटनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा जानेछन्।
यस्तै कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिले पनि भेला बोलाएका छन्। चैत तेस्रो साता हुने भेला काठमाडौं वा सिन्धुपाल्चोकमध्ये एक ठाउँमा हुनेछ।