राष्ट्रिय जनता पार्टी राजपको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीले पाएका छन्।
दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली अन्तर्गत भण्डारी राजपाको संयोजक बनेको राजपाका महासचिव केशव झाले जानकारी दिए।
यसअघि महन्थ ठाकुर राजेन्द्र महतो र महिन्द्र राय यादव संयोजक बनिसकेका छन्।
२०७४ साल वैशाखमा ६ तराइ केन्द्रित पार्टी मिलेर राजपा बनेको थियो। पार्टी गठनकै बेलामा चक्रिय प्रणालीमा संयोजक बन्ने भनिए पनि डेढ वर्ष भन्दा बढी महन्थ ठाकुरले नेतृत्व गरेका थिए।
राजपाको महाधिवेशन वैशाखको पहिलो हप्ता गर्ने भनिएको छ। भण्डारीकै कार्यकालमा महाधिवेशन भयो भने अनिल झा र राजकिशोर यादवले संयोजक बन्ने अवसर पाउने छैनन्।