बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन्।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश १ ले सानो सहयोग गरेर प्रदेश २ को विपतमा एकजुट रहेको सन्देश दिन खोजेको बताए।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए ।
बारा तथा पर्सामा गत चैत १८ गते आएको हावाहुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमालको क्षति भएको थियो ।