मुस्लिम अल्पसंख्यकमाथि हिंसात्मक घटना बढ्न थालेपछि श्रीलंकाका विभिन्न भागमा कर्फ्यू लगाइएको छ।
वैशाख ८ गते सैयौंको ज्यान जाने गरी क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलाको तीन साता बित्दा पनि श्रीलंकामा त्यसको असर कायम छ। पछिल्लो समय मुस्लिमका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेको छ। विभिन्न सहरमा भएका प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।
सामाजिक सद्भाव नखल्बलियोस् भनेर सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ।
आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकारले अन्य भागमा पनि कर्फ्यू लगाएको हो।