सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रूपमा ५५ औं विद्यार्थी एकता दिवस मनाएका छन्।
काठमाडौंमा बुधबार प्रभातफेरि गर्दै उनीहरूले विद्यार्थी आन्दोलनको एकता र विजय उत्सवको दिन २०२१ साल जेठ १ लाई स्मरण गरेका हुन्।
भृकुटीमण्डपबाट बिहान सुरू भएको प्रभातफेरि विद्यार्थी शहीद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भूगोलपार्कमा गएर समापन भएको थियो।
विद्यार्थीहरूले संविधानअनुसार नि: शुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियु अध्यक्ष रञ्जित तामाङले संविधानअनुसार नि:शुल्क शिक्षा हुनुपर्ने धारणा राखे।