नेपाली कांग्रेस निकट प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा डाक्टर केदारनरसिंह केसी चयन भएका छन्।
शनिबार काठमाडौंमा भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा कुलचन्द्र वाग्ले चयन भएका छन् भने महासचिव गोकर्ण अर्याल, सचिव बासुदेव भण्डारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ चयन भएका छन्।
यस्तै प्रदेश संयोजकमा बद्री तामाङ, चुन्नीशरण यादव, भरतप्रसाद दवाडी, अक्कलदेव मिश्र, शंकरदिवस मजगैया, ध्रुवबहादुर मल्ल र डाक्टर लक्ष्मीराज पण्डित चयन भएका छन्।
सदस्यहरुमा सीभी मल्ल, मेनका राज भण्डारी श्रेष्ठ, दिब्यलक्ष्मी बज्राचार्य, कृष्ण केसी, राजन कुइँकेल, मिलनचन्द्र खनाल, रामनारायण देव, वीरेन्द्रप्रसाद थपलिया, डाक्टर सुधारप्रसाद अधिकारी, जानुका पन्त, चण्डिकाप्रसाद भट्ट, बीरबहादुर कार्की, सरोज अधिकारी र डाक्टर कमल रिजाल चयन भएका छन्।