डब्लुडब्लुएफले गोरखाको चुमनुब्री गाउँपालिका -७ छेकम्पारका निमा लामालाई संरक्षण अवार्ड २०१९ प्रदान गरेको छ।
काठमाडौंमा आइतबार भएको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीले लामालाई नगद ५० हजारसहित प्रमाणपत्र प्रदान गरेका हुन्।
गोरखाको चुम उपत्यकामा अहिंसा क्षेत्रलाई निरन्तरता दिँदै वन्यजन्तु संरक्षणमा योगदान पुर्याएको भन्दै लामालाई अवार्ड प्रदान गरिएको हो।