भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नामको अघि राखिएको चौकिदार शब्द हटाएका छन्।
यसअघि चुनावी अभियानका क्रममा मोदीले आफूलाई देशको चौकीदार भन्दै नामका अघि सो शब्द थपेका थिए। पछि उनको भारतीय जनता पार्टीका धेरै नेता कार्यकर्ताले उक्त शब्द राखेका थिए।
प्रतिपक्षीहरूले देशलाई प्रधानमन्त्री चाहिएको तर्क गरेका थिए।
‘चौकीदार शब्द मेरो ट्वीटर नामबाट हटेको छ तर सधैं मभित्र महत्वपूर्ण अंगसरह रहिरहने छ। तपाईंहरू सबैलाई पनि यस्तै गर्न आग्रह गर्छु,’ मोदीले लेखेका छन्।
उनले अब चौकिदारको भावनालाई अब नयाँ तहमा अघि बढाउनु पर्ने बताएका छन्।
‘यही भावनालाई जीवित राखेर भारतको प्रगतिका लागि काम गर्नुहोला,’ मोदीले लेखेका छन्, ‘भारतका सबै जनता चौकिदार बनेका छन् र राष्ट्रलाई महत्वपूर्ण सेवा गरेका छन्। भारतलाई जातियता, साम्प्रदायिकता, भ्रष्टचार र क्रोनिइज्मबाट जोगाउन चौकिदार शसक्त विम्ब बनेको छ।
उनले आफूहरूलाई विश्वास गरेकोमा भारतका जनतालाई धन्यवाद पनि दिएका छन्।