प्रधानमन्त्री केपी शर्मा ओली पोखरामा विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार पोखरा आउने भएका छन्।
प्रधानमन्त्री ओलीले पोखरामा तीन वटा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम रहेको सुरक्षा निकायले जानकारी दिएको छ।
ओलीले पोखराको लेकसाइडमा निमार्ण भएको एक होटल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरि नेपाल स्काउटको आयोजनामा पोखरामा हुने प्रथम राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) मा सहभागीता जनाउने छन्।
पोखराको कोमामागने पार्क सन्चालन हुने कार्यक्रममा १४ देशका ५ हजार युवाको सहभागीता रहने आयोजनले जानकारी दिएका छन्।
त्यसै गरि शनिबार नै प्रधानमन्त्री ओलीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा गर्ने कार्यक्रम रहको छ। तीन वटै कार्यक्रममा सहभागी भएर ओली आजै काठमाडौं फर्किनेछन्।