उपराष्ट्रपति नन्दबहादुर पुनले इद उलफित्र पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास व्यक्त गरेका छन्।
इस्लाम समुदायको महान वर्प इद उलफित्रको अवसरमा आज शुभकमना व्यक्त गर्दै उनले यस पर्वले नेपालका सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानमा लाग्न सबैलाई प्रेरणा देओस् भनी कामना गरेका छन्।
उपराष्ट्रपतिले इद उलफित्रका अवसरमा नेपालका सम्पूर्ण मुस्लिम समुदाय र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। (रासस)