प्रदेश ३ को समन्वय परिषद् बैठक स्थगित भएको छ। मुख्यमन्त्री डोरमणि पौडेल विरामी भएपछि भोलि र पर्सिका लागि डाकिएको बैठक स्थगित भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव मदन पोखरेलले जानकारी दिए।
उनका अनुसार सो बैठक यही जेठ २९ र ३० गते बस्नेछ। मुख्यमन्त्री पौडेलको मुटुमा समस्या देखिएपछि उनले केही दिनदेखि गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहेका छन्।
समन्वय परिषद् बैठकमा सममुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्री र सचिव, प्रदेशभरीका जिल्ला समन्वय समितिका सभापति र उपसभापति, स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुन्छन्। स्थानीय तह र प्रदेश सरकारको साझा र छुट्टाछुट्टै अधिकार, दुवै तहको सम्बन्ध सम्पर्क र समन्वय लगायत विषयमा समन्वय परिषद्को बैठकमा निर्णय हुन्छ।