नेपाली कांग्रेसकी सांसद सुजाता परियारले इटहरीको मेयरलाई कारबाहीको माग गरेकी छिन्।
प्रतिनिधिसभा बैठकमा परियारले 'इटहरीका प्रमुखको हर्कत के हो?' भन्दै प्रश्न उठाएकी हुन्।
इटहरीको मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी भाँच्ने सार्वजनिक चेतावनी दिएका थिए। उनले न्यूज ट्वान्टीफोर टेलिभिजनको कार्यक्रममा समेत पत्रकारलाई लखेट्ने धम्की दिएका थिए।
'दसौं करोडौं खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतान्त्रिक विधिभित्र पर्दछ। लोकतान्त्रिक विधि र पद्धति समाप्त भएकै हो त', कांग्रेस सांसद परियारले भनिन्, 'अन्यथा राज्य छ भने तत्काल कारबाही गरेर राज्य भएको अनुभूति दिलाउन सभामुखमार्फत् आग्रह गर्दछु।’
नेपाल पत्रकार महासंघले यसअघि नै घटनाको विरोध गरिसकेको छ।