भारतमा शनिबार भएको राजनीतिक हिंसामा परी चार जनाको मृत्यु भएको छ।
पश्चिम बंगाल राज्यको बासिरहातमा मुख्यमन्त्री ममता बेनर्जीको तृणमूल कंग्रेस र केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीका कार्यकर्ताबीच शनिबार साँझ हिंसा भएका थियो।
पार्टीका झन्डा हटाउने विषयमा प्रहरी चौकीमा दुई पार्टीका कार्यकर्ताबीच विवाद सुरू भएको थियो।
त्यसपछि भएको हिंसामा तृणमूलले आफ्ना एक जना र भाजपाले तीन जना कार्यकर्ताको मृत्यु भएको जनाएका छन्। दुबै पार्टीले एकअर्काले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्।