नौ महिनादेखि व्यापार युद्धमा रहेका दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच यही महिनाको अन्त्यमा डिनर वार्ता हुने भएको छ।
साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार जापानमा हुने जी-२० मुलुकको सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प र सी चिनफिङबीच डिनर वार्ता हुन लागेको हो। यस विषयमा वासिङट्न र बेइजिङले औपचारिक जानकारी भने गराएका छैनन्।
जी-२० मुलुकका नेताहरूको बैठक जुन २९ र २९ मा जापानको ओसाकामा हुँदैछ।
उक्त बैठकका क्रममा ट्रम्प र सीबीच जारी व्यापार युद्धबारे कुराकानी हुने तयारी भएको हो।
यसअघि अर्जेन्टिनाको ब्युनोआयर्समा पनि यस्तै सम्मेलनका क्रममा यी दुई राष्ट्रपतिबीच डिनर वार्ता भएको थियो।
गत साता फ्रान्स भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले आफूले सीसँग भेट्न लागेको बताएका थिए।
बेइजिङ र वासिङ्टनमा ११ पटकसम्म भएका वार्ता असफल भएपछि पछिल्लो समय दुबैले अर्को देशबाट आयात हुने सामान कर बढाएका छन्।