कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आम नागरिकको भावनाविपरीत हुने गरी गुठी विधेयक पारित नहुने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले गुठी विधेयक बहसमा मात्रै आएकाले कानुन नै बने जसरी नबुझ्न आग्रह गरे।
‘हामी जनताको भावनाविपरीत कुनै काम गर्दैनौं, यदि आम नागरिकको सामाजिक र साँस्कृतिक भावनाविपरीत विधेयक देखियो भने त्यसलाई पारित गर्दैनौं,’पोखरेलले भने, ‘विधेयक छलफलका क्रममा आउने वित्तिकै कोही पनि आत्तिनुपदैन, अहिले नै कुनै कानुन बनेको होइन।’
सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने बताउँदै संसदमा छलफलका क्रममा आएको विधेयककै कारण उत्पातै भयो भनेर नबुझ्न समेत उनले आग्रह गरे।
जनताको भावना बुझेर मात्रै काम गर्ने भन्दै पोखरेलले सरकार जनताको हितविरूद्ध कहिल्यै नजाने दाबी गरे।