प्रधानसेनापति पूर्णचन्द्र थापा औपचारिक भ्रमणको सिलसिलामा चीनतर्फ प्रस्थान गरेका छन्।
चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा ७ सदस्यीय भ्रमण दलसहित उनी साताव्यापी भ्रमणमा निस्केका हुन्।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे।
उक्त अवसरमा नेपालस्थित चीनका राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो।
यसअघि उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
भ्रमणको दौरान प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरूसँग भेटघाटलगायत ऐतिहासिक स्थलहरूको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ।
उक्त अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।