चितवनको नारायणघाटबाट वीरगन्ज जाँदै गरेको बस हेटौंडाको चुरियामाईमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३१ यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहका अनुसार ना ५ ख ४०१५ को बस बिहान साढे आठ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मृत्यु भएकी महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
घाइतेहरूको हेटौंडास्थित चुरे हिल तथा जिल्ला अस्पताल मकवानपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।