राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसका संस्थापकमध्ये एक बिपी कोइरालालाई मार्गदर्शकको रुपमा लिने भएको छ।
अध्यक्ष कमल थापाले शुक्रबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा अघि बढाउने उल्लेख छ।
अध्यक्ष थापाले लेखेका छन्, ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेश, महेन्द्रको राष्ट्रवाद र जननेता बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तको रुपमा राप्रपाले अघि बढाउने छ।’
साथै थापाले देशमा लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिराखेको उल्लेख गरेका छन्। सनातन धर्म, संस्कृतिमाथि योजनावद्ध तवरले आक्रमण भइराखेको थापाको भनाइ छ। राप्रपाले २०७६ सालभर संगठन विस्तार गर्ने पनि थापाले उल्लेख गरेका छन्।