नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
असार २२ गते आइतबार विहान ११ बजेका लागि बैठक बोलाइएको हो।
पार्टीको नियमावली संशोधन मस्यौदा समितिले बनाएको नियमावलीमाथि छलफल गर्न र पहिलो चरणमा देशैभर भएको राष्ट्रिय जागरण अभियानबारे समीक्षा गर्न बैठक बस्न लागेको कांग्रेसले जनाएको छ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा भातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन, तरुण दललाई पूर्णता दिनेलगायत विषयमा पनि छलफल हुन्छ।