नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।
शनिबार अपरान्ह सुरू भएको बैठकमा जिल्ला इञ्चार्ज, सहइञ्चार्जका मापदण्डबारे छलफल हुने नेकपाले जनाएको छ।
निर्वाचित जनप्रतिनिधिलाई जिल्ला इञ्चार्ज वा सहइञ्जार्ज बनाउने वा नबनाउने भन्नेमा सचिवालय सदस्यबीच कुरा मिलेको छैन।
बैठकमा पार्टी एकता टुंग्याउने र राजनीतिक दस्तावेजका विषयमा छलफल हुने एजेन्डा तय भएको छ। जिल्ला इञ्चार्ज, सहइञ्चार्ज केन्द्रीय सदस्यलाई बनाउने सहमत भए पनि मापदण्डबारे नेकपाभित्र सहमति भइसकेको छैन।