नेपाली कांग्रेसले ३३ देशमा रहेका जनसम्पर्क समितिका नेता/कार्यकर्तालाई डेनमार्कको कोपनहेगनमा प्रशिक्षण दिएको छ।
उपसभापति, पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले कार्यक्रमको शनिबार उद्घाटन गरेका हुन्।
महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, अनुशासन समिति संयोजक भीष्मराज आङ्दम्वेलगायत कार्यक्रममा सहभागी छन्। शनिबार जनसम्पर्क समिति डेनमार्कको १४ औं वार्षिकोत्सव पनि सम्पन्न भएको छ।
पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने वाहेक कार्यक्रममा बढ्दो तापक्रम र नेपालमा पर्ने प्रभाव, बदलिएको राजनीति दक्षिण एसिया र नेपाल, समाजबादको युरोप अनुभव र नेपाललगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। कार्यक्रम आइतबारसम्म चल्नेछ।