उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चिठी पठाएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पको उक्त पत्रलाई किमले सकरात्मक रहेको प्रतिक्रिया दिएका छन्। किमले राष्ट्रपति ट्रम्पको असाधरण साहसको प्रशंसा समेत गरेका छन्।
किमले पत्रको सन्देशलाई गम्भीरताका साथ मनन गर्ने बताएका छन्।
ह्वाइट हाउसले भने किमलाई ट्रम्पले पत्र पठाएकोबारे कुनै प्रतिक्रिया दिएको छैन।
शनिबार दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जारी गरेको बयानमा उल्लेख छ, ‘अमेरिका र उत्तर कोरियाका नेताबीच पत्र आदान-प्रदान हुनु अमेरिका-उत्तर कोरिया वार्ता जारी राख्नुका दृष्टिकोणले सकरात्मक रहेको छ।’
ट्रम्प र किमबीच गोप्य पत्र आदानप्रदान भएको यो पहिलो पटक भने होइन।
गत फेब्रुअरीमा किमले आफूलाई सुन्दर पत्र पठाएको ट्रम्पले बताएका थिए। ट्रम्पले पनि पत्रभित्र के थियो भन्ने खुलासा गरेका थिएनन्।