नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ कार्कीलाई बालुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कार्की रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता हुन्।
विप्लव समूहका सदस्य कार्कीले एक महिनाअघि भोजपुरमा प्रहरीको गोली लागेर कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएपछि फेसबुक स्टाटसमा बदला लिने लगायतका कुरा लेख्दै आएका थिए।