संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कालो झन्डा देखाइएको छ।
आदिवासी जनजाति युवा महासंघले शुक्रबार मन्त्री पण्डितलाई ललितपुरस्थित एक कार्यक्रममा नाराबाजी गर्दै कालो झन्डा देखाएका हुन्।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ललितपुरमा भएको कार्यक्रममा बोलेर सकेपछि मन्त्री पण्डितलाई कालो झन्डा देखाइएको हो।
मन्त्री पण्डित राजीनामा र लोक सेवाको विज्ञापन फिर्ता गर भन्दै कार्यक्रम हलभित्रै नाराबाजी भएको थियो।
आयोजक नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आरक्षणविरूद्ध मन्त्रीले नकरात्मक अभिव्यक्ति दिएपछि विरोध गरेको बताए।
‘मन्त्रीज्यूले आरक्षणबारे सकरात्मक कुरा गर्नुहुन्छ भन्ने अपेक्षा थियो उहाँले नकरात्मक कुराहरु गर्नुभयो,’ उनले सेतोपाटीसँग भने, ‘संविधानविपरीत लोक सेवाको विज्ञापन निकालियो। फिर्ता गर्न हामी आन्दोलनमा छौं। आन्दोलनका कार्यक्रमअन्तर्गत नै कालो झन्डा देखाइएको हो।’