नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बाढी प्रभावितहरुको राहत र उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
विज्ञप्ति जारी गर्दै उनले सम्बन्धित मृतकका परिवार र घरबास गुमेकाहरुलाई उचित बसोबास, रोजगारी र राहतको व्यवस्था गर्न माग पनि गरेका छन्।
महासचिव विप्लवले नेपाल भारत सीमामा बनाइएका बाँध, तटबन्धन, अन्तराष्ट्रिय कानुनविपरित नेपाल भारत सीमाामा टाँसेर बनाइएका विशाल सडकहरुका कारण सीमाका नागरिकले क्षति वेहोर्नुपरेको उल्लेख गरेका छन्।