प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै प्रभावकारी ढंगले काम गर्न सरकारलाई आग्रह गरेको छ।
प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ति निकालेर क्षतिग्रस्त ठाउँको प्रतिवेदनको आधारमा विपद व्यवस्थापन प्रभावकारी ढंगले गर्नुपर्ने र पुनर्स्थापनाका काम गर्न आवश्यक देखिएको उल्लेख गरेका छन्।
‘डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रूपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायले सशक्त एवं गतिशील रूपमा कार्य गर्न कांग्रेस आग्रह गर्दछ,’ खाँणले भनेका छन्।
डुबान क्षेत्रमा दुषित खानेपानीका कारण मानिसहरू बिरामी पर्न थालेका छन्।