सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्तामा बस्न सकिने बताएका छन्।
बास्कोटाले शक्ति संचयका लागि हुने पनि छलछामका लागि सरकारले सो समूहसँग वार्ता गर्न नसक्ने पनि स्पष्ट पारे। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले हिंसालाई बैधानिकता दिने गरी सरकार सो समुहसँग वार्तामा बस्न नसक्ने दोहोर्याए।
मन्त्री बास्कोटाले कार्यकर्ताको रिहा गर्ने, मुद्दा फिर्ता गराउने नियतका लागि वार्ताको प्रस्ताव आउन सक्ने भन्दै सरकार त्यसप्रति सचेत रहेको स्पष्ट पारे। यद्यपी अनौपचारिक वार्ता सो समूहसँग विभिन्न कोणबाट भईरहेको उनले स्वीकार गरे।