सरकारले कानुन बनाउन ढिला गर्दा लोक सेवा आयोग बिबादमा परेको नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताएका छन्।
सरकारले समयमै आवश्यक ऐन, कानुन निर्माण नगर्दा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन बिबादमा परेको सिंहको भनाइ छ।
‘लोक सेवाले सञ्चालन गरेको परीक्षासमेत बिबादमा तानिएको छ। सरकारको ध्यान ऐन, कानुन निर्माणमा छैन,’ काठमाडौंमा शनिबार नेपाल दलित संघले गरेको कार्यक्रममा सिंहले भने।
सरकारको ढुलमुले चरित्रका कारण अर्थ र शिक्षा क्षेत्रमा असर परेको उनको भनाइ थियो।