दिल्लीबाट तीन पटक मुख्यमन्त्रीमा चुनिएकी शीला दीक्षितको निधन भएको छ।
८१ वर्षको उमेरमा दिल्लीस्थित फोर्टिस एस्कार्टस् अस्पतालमा उनको निधन भएको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
केही समय अघि देखिनै उनी मुटु रोगको बिरामी थिइन्।
उनको अन्तिम संस्कार भने आइतबार गरिने भएको छ।
शीला दीक्षित सन् १९९८ देखि २०१३ सम्म दिल्लीकी मुख्यमन्त्री रहिन्।