सरकारले प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका कर्मचारीको नयाँ तलबमान तोकेको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार अर्थ मन्त्रालयले नयाँ तलबमान अनुसार कर्मचारीको तलब सूची सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०७५/०७६ का लागि तोकिएको तलबमानअनुसार समायोजनमा गएका कर्मचारीले हाजिर भएको मितिदेखि नयाँ पारिश्रमिक पाउँछन्।
अर्थ मन्त्रालयका शाखा अधिकृत सुवोध खतिवडाका अनुसार सहायक चौथोको तलब बढेर २९ हजार पाँच सय ६० पुगेको छ। ग्रेड संख्या र ग्रेड दरका आधारमा पारिश्रमिक तय भएको हो। १० ग्रेड संख्या र ७३९ ग्रेड दर भएका कर्मचारीको तलब २९ हजार पाँच सय ६० पुगेको छ।
ग्रेड संख्या ५ र ग्रेड दर एक हजार चार सय २९ भएका अधिकृत ११ औं तलब ५० हजार २५ रुपैयाँ पुगेको छ। यसअघि उनीहरूको तलब ४२ हजार ८ सय ८० थियो।
श्रेणीविहीन कर्मचारीमध्ये प्रथम स्तरका कार्यालय सहयोगीको तलब १७ हजार तीन सय १२ पुगेको छ। दुई ग्रेड र पाँच सय ४१ ग्रेड संख्या भएका यी कर्मचारीको तलब बढ्नु अघि १६ हजार दुई सय ३० थियो।
हेर्नुस्, कसको तलब कति बढ्यो