नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्।
सुर्खेतको बराहताल गाउँपालिका–९ निवासी विप्लवका जिल्ला कमिटी सदस्य ५१ वर्षका हिरालाल सुनारलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनलाई पार्टीको दस्ताबेजसहित बराहताल–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
पक्राउ परेका सुनारमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए।