अमेरिकी सासंद इहान ओमार र रसिदा तलैबलाई इजरायलले आफ्नो देशमा आउन रोक लगाएको छ।
ती दुई महिला सांसदले इजरायलको आलोचना गरेको भन्दै उनीहरूलाई प्रतिबन्ध लगाएको इजरायलले जनाएको छ।
इजरायलले आफ्नो राष्ट्रको धर्म, संस्कृति र प्रशासनमा हानी पुग्ने गरी आलोचना गर्नेहरूलाई प्रतिबन्ध लगाउँदै आएको थियो।
सांसद ओमार र तलैब आइतबार इजरायलको वेष्ट ब्यांक र इष्ट जुरेलीजम घुम्न जान लागेकी थिइन्।
यी दुई सासंदले इजरायललाई बहिष्कार गर्ने आन्दोलनको गरेका थिए।
इजरायलविरूद्ध लागेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूलाई इजरायलमा जान दिए ठूलो कमजोरी हुने बताएका थिए।
सासंदद्वयले आफूहरू इजरायलविरोधी नभएको भन्दै त्यसरी प्रतिबन्ध लगाउनु लोकतान्त्रिक मूल्य मान्यताको अपमान भएको बताएकी छन्।
पछिल्लो समयमा राष्ट्रपति ट्रम्पले ओमार, तलैब र अन्य दुई महिला सासंदलाई जहाँबाट आएका हौं त्यही फर्किए हुन्छ भनेका थिए। तीमध्ये तीन सांसद अमेरिकामै जन्मेका हुन् भने ओमार अफ्रिकन शरणार्थीको रूपमा अमेरिका पुगेकी हुन्।