सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठक आइतबार बस्ने श्रेष्ठको भनाइ छ।
‘आइतबार अपरान्ह ४ बजेका लागि सचिवालय बैठक डाकिएको छ,’ श्रेष्ठले भने।
नेकपाभित्र बरियता बिबाद मिलाउने र जनसंगठनको नेतृत्व तोक्नका लागि बैठक बोलाइएको थियो।