परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारत अधिनस्त कश्मिरको विशेष दर्जा खारेजीका कारण क्षेत्रीय शान्ति र स्थिरतामा नपर्ने अपेक्षा व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले नेपालले समस्याको वार्ता मार्फत् शान्तिपूर्ण समाधान चाहेको बताए।
'समस्याहरुको शान्तिपूर्ण समाधान होस्, वार्ताबाट समाधान होस्', ज्ञवालीले भने, 'छिमेकी मुलुकहरु दक्षिण एसियाका मुलुकहरु र अन्य मुलुकहरुका बीचमा असमझदारी भएपनि वार्ता नै एकमात्र समाधानको बाटो हो। सार्कको अध्यक्षका हिसाबले हामी त्यहि सन्देश सम्प्रेषित गर्न चाहान्छौँ।'