भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास शितलनिवास पुगेर जयशंकरले बिहीबार बिहान राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।
भेटमा द्विपक्षीय हितबारे छलफल भएको बताइएको छ। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बुधबार नेपाल आएका थिए।