भारतीय विदेशमन्त्री एस जयशंकरले उपप्रधान एवम् स्वास्थमन्त्री तथा समाजवाद पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष डा बाबुराम भट्टराई लाई भेटेका छन्।
बिहीबार नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरी सहितको टोलीले दुई अध्यक्षलाई भेटेको हो। अध्यक्ष भट्टराईले आफ्नो ट्विटर मार्फत विदेशमन्त्री जयशंकरलाई भेटेको जानकारी गराएका हुन्।
साथै उनले द्धिपक्षीय हितका बारेमा छलफल भएको बताएका छन्। भट्टराईले अहिलेको भारत सरकार नेपालसँगको सम्बन्धलाई प्रगाढ बनाई सहयोग गर्न चाहेको बताउँदै खुसी व्यक्त गरेका छन्।