भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्केका छन्।
नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन जयशंकर बुधबार नेपाल आएका थिए।
हिजो र आज भएको कार्यक्रम सकेर जयशंकर आज स्वदेश फर्केका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले विदाई गरे।
नेपाल बसाइँ क्रममा जयशंकरले राजनीतिक भेटघाट गरेका थिए।
बुधबार दिउँसो उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे भने साँझ राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूलाई भेटे।
बिहीबार बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटे।
यसैगरी, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगेका थिए।
प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भने उनलाई भेटेनन्।