आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले पर्यटकीय गन्तव्य चन्द्रागिरी भ्रमण गरेका छन्।
सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरी पुगेका फेरगेल त्यहाँ झण्डै तीन घण्टा बिताएका चन्द्रागिरी प्रालिले जनाएको छ।
सभामुख फेरगेललाई चन्द्रगिरी हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, सञ्चालकहरू हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए।
यसअघि चिनियाँ विदेश मन्त्री वाङ यीले पनि चन्द्रागिरी भ्रमण गरेका थिए।
सोमबार बिहान भ्रमण टोलीका साथमा चन्द्रागिरी पुगेका यीले झन्डै डेढ घन्टा चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेका थिए।
आइतबार साँझ काठमाडौं ओर्लिएका विदेशमन्त्री यीले आजदेखि औपचारिक भेटवार्ता सुरू गरेका छन्।
सबै तस्बिरहरू : रोसन दानी