पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी नजिकै यात्रुबहाक बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
शनिबार दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशाबाट आइराखेको बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गोरखा सहिदलखन गाउँपालिका वडा नम्बर २ का २८ बर्षिय यमबहादुर थापाको मृत्यु भएको हो। थापा आँबुखैरेनीमा बस्दै आएका थिए।
बसको ठक्करबाट घाइते थापालाई उपचारका लागि छिम्केश्वरी अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार यात्रुबहाक बस चलाउने चालक फरार छन् उनको खोजी भइराखेको छ। स्थानीय बासिन्दाले चालकलाई कारबाहीको माग राखेर केहीबेर सडकखण्ड अबरूद्ध पारेका थिए।