प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पेश गरिएको छ।
मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोध गरे पनि प्रदेश सरकारले विधेयक छलफलका लागि आइतबार पेश गरेको हो।
कांग्रेस सचेतक केदार कार्कीले कानुन निर्माणमा सरकार र प्रतिपक्षी सहकार्यबाट नै अघि बढ्ने परम्परा भए पनि तोडिएको बताए।
कांग्रेसले विरोध गर्दै रोष्टम घेराउ गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले विधेयक छलफलका लागि अघि बढाएका थिए।
सत्तारूढ दलले सभामुखलाई दबाब र प्रभावमा पारेर बलजस्ती विधेयक पेश गरिएको कांग्रेसको आरोप छ। कांग्रेसको विरोध भए पनि विकास समिति सभापति सरिता थापाले विश्वविद्यालय विधेयक पेश गरेकी हुन्। विधेयक सोमबार बस्ने प्रदेशसभा बैठकबाट पारित गर्ने तयारीमा सरकार छ।